.

लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

राप्ती उपत्यका (देउखुरी ), नेपाल

दीर्घकालीन सोच

गरिबी निवारण र दिगो शान्ति स्थापनाका लागि आवश्यक यातायात पूर्वाधार विकासको माध्यमबाट आर्थिक तथा सामाजिक समृद्धि हासिल गरी समृद्ध लुम्बिनी: आत्मनिर्भर प्रदेश"को लक्ष्यमा टेवा पुर्‍याउनु यस मन्त्रालयको दिर्घकालीन सोच रहेको छ ।

 

उद्देश्य

प्रदेश  भित्र सडक, सडक-पूल,  झोलुङ्गे पुल जस्ता भौतिक पूर्वाधारहरुको विकास गर्नु यस मन्त्रालयको मुलभूत उद्देश्य हो ।

 

रणनीतिहरु

  • प्रदेशका स्थानीय तहहरुको पहुँच र आर्थिक बृद्धिलाई योगदान पुग्ने गरी यातायात पूर्वाधारहरुको विकास, विस्तार र सुदृढिकरण गर्ने ।
  • सडक पूर्वाधारको विकासलाई रोजगारीका अवसर सिर्जना गर्ने माध्यमको रुपमा प्रयोग गर्ने ।
  • भौतिक पूर्वाधारको विकासलाई नागरिक एवं वातावरण मैत्री बनाउने।
  • शहर गाउँ अन्तर सम्बन्धलाई सुदृढिकरण गर्ने गरी सडक पूर्वाधारको विकास र विस्तार गर्ने ।
  • स्थानीय श्रम, सीप, स्रोत, साधन र प्रविधिको उपयोगलाई प्राथमिकता दिई जनसहभागिता र जनस्वामित्वमा पूर्वाधारहरुको विकास गर्ने ।