मन्त्रालयको परिचय

नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अवलम्बनसँगै प्रदेश भित्रका सडक, पूल, सिंचाइ, खानेपानी, ऊर्जा, आवास, भवन, शहरी विकास जस्ता पूर्वाधार आयोजनाहरुको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा यातायात सम्बन्धी व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो ।

यस मन्त्रालयमा प्रशासन योजना तथा अनुगमन महाशाखा, प्रादेशिक सडक र ग्रामिण सडक महाशाखा रहेका छन् भने मातहतमा यातायात पूर्वाधार निर्देशनालय र ११ वटा सडक पूर्वाधार विकास कार्यालयहरुबाट प्रदेशका १२ वटै जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेका छन् ।   

प्रदेश सरकार कार्यसञ्चालन  नियमावली २०७८ (संशोधन सहित) अनुसार यस मन्त्रालयबाट खानेपानी तथा सहरी  विकास अन्तरगतका कार्यक्रम छुट्याएर पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, उर्जा तथा जलश्रोत अन्तरगतका कार्यक्रम छुट्याएर उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालय, यातायात क्षेत्र छुट्याएर श्रम तथा यातायात मन्त्रालय छुट्टाछुट्टै गठन भए पछि यस मन्त्रालयकाे कार्यक्षेत्र साँधुरिएर सडक पूर्वाधार क्षेत्रमा सिमित भएको छ ।